
काठमाडौं, माघ ६ गते ।
नेपाल सितोरियो कराते संघ, लैनचौर शाखा डोजोको आयोजनामा राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टिमबाट २ सय १० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक रामकुमार थारुले जनाएका छन् । प्रत्येक टिमबाट २१ खेलाडी सहभागी हुने छन् ।
पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा खेल हुनेछ । टिम च्याम्पियनले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।