वल्र्ड ओलिम्पियन एसोसिएसनको सम्पन्न अनलाइन जनरल एसेम्बलीबाट नयाँ कार्यसमिति चयन भएको छ । उक्त एसेम्बलीबाट स्वीडेनकी पूर्व अल्पाइन स्की खेलाडी, दुई पटक ओलम्पिक च्याम्पियन तथा चार पटक विश्व च्याम्पियन रहनु भएकी पर्निला विबर्ग अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।

नव–निर्वाचित कार्यसमितिअन्तर्गत एसिया क्षेत्रको प्रतिनिधिका रूपमा नेपालबाट पहिलो पटक ओलिम्पियन दीपक विस्ट निर्वाचित हुनु भएको छ । यो उपलब्धि सम्पूर्ण नेपाली खेलकुद जगतका लागि अत्यन्तै गर्वको विषय हो ।
उक्त अनलाइन निर्वाचन प्रक्रियामा विश्वभरबाट १५५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नेपालका कीर्तिमानी तेक्वान्डो खेलाडी तथा नेपाल ओलिम्पियन संघका अध्यक्षसमेत रहनु भएका विस्टको यो उपलब्धिले नेपालको खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा थप उचाइमा पु¥याएको छ । नेपाल ओलिम्पियन संघमा उहाँले निर्वाह गर्नु भएको प्रभावकारी भूमिकाका आधारमा एसिया तथा विश्वस्तरमा नेपालको शिर अझ उच्च राख्नु हुनेछ भन्ने हामीले दृढ विश्वास गरेका छौं । उहाँको कार्यकाल सफल, प्रभावकारी तथा प्रेरणादायी रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।