
काठमाडौं, माघ ४ गते ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा क्याडेट एन्ड जुनियर विन्टर क्याम्प आइतबार सम्पन्न भएको छ ।
पुस २० गतेदेखि माघ ४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको क्याम्पमा २७ प्रशिक्षार्थी सहभागी थिए । उनीहरुलाई टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकला, रविना महर्जन र दीक्षा दाहालले प्रशिक्षण दिएका थिए ।
सहभागीलाई आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र महासचिव कुवेरप्रकाश सिंहले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।