वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा ढल्को टिम च्याम्पियन

काठमाडौं, माघ ३ गते ।
ढल्को तेक्वान्दो डोजाङ वडा अध्यक्ष तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बने छ । ३ स्वर्ण, २ रजत र २ कांस्यसहित ढल्को टिम च्याम्पियन बनेको हो ।
काठमाडौं महानगरपालिका वडा नं. ८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्णसाथ लायन मार्सल आर्ट दोश्रो भयो । तेश्रो स्थानको दीलिप स्मृति तेक्वान्दो डोजाङले १ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।
विजेतालाई नेपाली कांग्रेस क्षेत्र नं. ४ का अध्यक्ष श्यामकृष्ण संगत, वडा ८ का अध्यक्ष आशामान संगत, वडा सदस्य सरस्वती राजभण्डारी र शेखर देउलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् ।
जयबागेश्वरीस्थित गोल्डेन दरबार बैंक्युटमा भएको प्रतियोगितामा विभिन्न १३ स्पर्धामा २ सय १० खेलाडी प्रतिस्पर्धा गरेका थिए । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ