छैटौँ एप्पोन कप फुटसल प्रतियोगितामा एसियन फार्मास्युटिकल्स च्याम्पियन

काठमाडौं, माघ ३ गते ।

औषधि उद्योगबीच आयोजना गरिएको फुटसल प्रतियोगितामा एसियन फार्मास्युटिकल्स प्रा.लि. ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ।

सेमिफाइनल खेलमा एसियन फार्मास्युटिकल्सले क्यूमेड फर्मुलेसन प्रा.लि. लाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। सो खेलमा सुनील विक्रम चौधरी ले दुई गोल तथा भोला गुरुङ ले एक गोल गरे। दुई गोल गरेका सुनील विक्रम चौधरी उक्त खेलको म्यान अफ द म्याच घोषित भए।

अर्को सेमिफाइनलमा नेपाल फार्मास्युटिकल्स ल्याबोरेटरी र क्विस्ट फार्मास्युटिकल्स प्रा.लि. बीचको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा क्विस्ट फार्मास्युटिकल्सले ५–४ को जित निकाल्दै फाइनल यात्रा तय गर्‍यो। उक्त खेलका क्याप्टेन सुनील बहादुर चौधरी म्यान अफ द म्याच घोषित भए।

फाइनल खेलमा एसियन फार्मास्युटिकल्स र क्विस्ट फार्मास्युटिकल्स आमनेसामने हुँदा एसियन फार्मास्युटिकल्सले ५–२ को स्पष्ट जित निकाल्दै प्रतियोगिताको विजेता बन्न सफल भयो।

विजेता बनेसँगै एसियन फार्मास्युटिकल्सले ट्रफी, मेडलसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता क्विस्ट फार्मास्युटिकल्सले ट्रफी, मेडलसहित नगद १५ हजार रुपैयाँ प्राप्त गर्‍यो।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि एप्पोनका पूर्व अध्यक्ष शंकर घिमिरे ,मार्केटिङ्ग सर्कल कोडिनेटर दिपेस प्रधान ,एप्पोन संस्थका अध्यक्ष बिप्लव अधिकारी लगाएतले एक कार्यक्रम बीच पुरस्कृत गरेकान हुन् । विजेता तथा उपविजेता टोलीलाई ट्रफी हस्तान्तरण गर्दै खेलकुदले कार्यस्थलमा आपसी एकता, स्वास्थ्य र सकारात्मक ऊर्जा बढाउने बताए।
उनले भने, “यस्ता प्रतियोगिताले औषधि उद्योगबीचको सहकार्य मजबुत बनाउनुका साथै कर्मचारीको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक योगदान पुर्‍याउँछ।”

त्यसैगरी एप्पोन संस्थाका अध्यक्ष विप्लव अधिकारी ले औषधि उद्योगमा खेलकुद संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गर्दै भविष्यमा यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताए।
उनले भने, “कामसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्न सके उद्योग अझ सशक्त बन्छ।”

कार्यक्रममा मार्केटिङ सर्कल को–अर्डिनेटर दिपेश प्रधान लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको टाइटल स्पोन्सर यामाहा रेसिङ रहेको थियो भने उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड अलाइड साइन्सेस मेडिकल पार्टनर र फास्ट रिलिफ एक्सट्रिम एनर्जी पार्टनरका रूपमा रहेको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ