लितपुर टेबलटेनिसलाई वडा ६ को सहयोग

काठमाडौं, पुस २८ गते ।
ललितपुर महानगरपालिका वडा ६ ले ललितपुर जिल्ला टेबलटेनिस संघलाई सहयोग स्वरुप खेल सामाग्री प्रदान गरेको छ ।
वडाले ४ थान रोल म्याट, ३ सेट बोर्ड, २६ थान लाइट र अन्य सामाग्री गरी करिब १० लाख रुपैयाँ बराबरीको सामाग्री प्रदान गरेको ललितपुर जिल्ला टेबलटेनिसका सदस्य एवं प्राविधिक संयोजक निकेश जोशीले जनाएका छन् ।
वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले ललितपुर जिल्ला टेबलटेनिसका अध्यक्ष आशिष अवालेले सामाग्री हस्तान्तरण गरे । वडा ६ ले गत साता सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ