
काठमाडौं, पुस २७ गते ।
काठमाडौं । चन्द्रागिरी नगरपालिका–तिनथानास्थित कमला कार्की स्मृति प्रतिष्ठानको दशौं स्मृति दिवसको अवसरमा कराते खेलाडी सानुमाया थिङलाई १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
हालै विश्व कराते च्याम्पियनसिपमा सहभागिता जनाउँदै विश्व वरियतामा ७४औं स्थान हासिल गर्न सफल धनबहादुर खेलकुद प्रतिष्ठानकी खेलाडी थिङलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उज्यालो बनाएको योगदानको कदरस्वरूप नगद पुरस्कार प्रदान गरिएको हो।
सम्मान कार्यक्रममा खेलकुदमार्फत अनुशासन, आत्मविश्वास र राष्ट्रिय पहिचान मजबुत बनाउन खेलाडीहरूको भूमिका महत्वपूर्ण रहेको बताइएको थियो। आयोजकले यस्ता प्रतिभाशाली खेलाडीलाई निरन्तर प्रोत्साहन र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।