अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल सम्पन्न

काठमाडौं, पुस २७ गते ।

फ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्‍वाटरफाइनल खेलमा इजिप्टले आइभरी कोस्टलाई ३-२ ले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

इजिप्टको जितमा ओमर मारमाउश, रामी राबिया र मोहमद सालाहले एक-एक गोल गरे। आइभरी कोस्टका लागि गुएला डुएले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको चौथो मिनेटमा मारमाउशले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा राबियाले गोल गर्दै अग्रता दोब्बर पारे । ४०औं मिनेटमा अहमद अबु एल फोतोहबाट आत्मघाती गोल भएपछि पहिलो हाफ २-१ को अवस्थामा सकिएको थियो ।

दोस्रो हाफको ५२औं मिनेटमा सालाहले गोल गर्दै इजिप्टलाई ३-१ को अग्रतामा पुर्‍याए । ७३औं मिनेटमा डुएले गोल गर्दै अन्तर घटाएपनि जितका लागि भने पर्याप्त हुन सकेन ।
इजिपटले अब फाइनल प्रवेशका लागि सेनेगलसँग खेल्नेछ । अर्को सेमिफाइनलमा नाइजेरिया र मोरक्को खेल्नेछन् ।

यसअघि पहिलो क्‍वाटरफाइनलमा सेनेगलले मालीलाई १-० ले हराएको थियो भने दोस्रो क्‍वाटरफाइनलमा मोरक्कोले क्यामरुनलाई २-० ले हराएको थियो । तेस्रो क्‍वाटरफाइनलमा नाइजेरियाले अल्जेरियालाई २-० ले पराजित गर्‍यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ