माटियोको गोलमा इटालीको जित

माटियो रेटेगुईको दुई गोलप्रेरित इटालीले मैत्रीपूर्ण खेलमा भेनेजुएलालाई पराजित गरेको छ।चेस स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा इटालीले भेनेजुएलालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

खेलको ४०औँ मिनेटमा माटियोले इटालीलाई शुरूआती अग्रता दिलाएका थिए। तर, त्यसको तीन मिनेटपछि नै डार्विन माचिसले गोल गर्दै भेनेजुएलालाई खेलमा फर्काए। बराबरीतिर उन्मुख खेलको ८०औँ मिनेटमा माटियोले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २-० ले जिताए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ