आईसीसीका अध्यक्ष बार्कले नेपाल आइपुगे

५ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

उनी भारतबाट नेपाल आएका हुन् । वुमन्स प्रिमियर लिगको फाइनलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको फाइनल हेर्न भारत आएका थिए ।

सोमबार ४ बजे नेपाल आइपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए । नेपाली क्रिकेट विकास गर्न सहयोग गर्ने उनले बताएका छन् । उनी चैत ८ सम्म नेपालमा बस्नेछन् ।उनले नेपालमा टीयू र मूलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् । त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ । सबै सकेर चैत ८ मा फर्किनेछन् ।

 

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ