अर्सना र ममतालाई स्वर्ण

अर्सना महर्जन र वडा ५ की ममतासिंह राजभण्डारीले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । अर्सना यु–१२ गल्र्स सिंगल्स तथा ममता भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा पहिलो भए ।
ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा पाटनको गःछेंःमा भइरहेको प्रतियोगिताको यु–१२ गल्र्स सिंगल्स फाइनलमा अर्सनाले वडा १६ की काभ्या शाक्यलाई १५–१३, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरिन् । वडा १९ की मेरिशा श्रेष्ठ र वडा ८ की सुहाना महर्जन तेश्रो भए ।
भेट्रान ४० वर्षमाथि महिला सिंगल्सको फाइनलमा ममताले वडा ११ की सर्मिला शाक्यलाई सीधा सेटमा ११–४, ११–८ र ११–४ ले हराइन् । वडा १६ की राधा डंगोल र वडा ९ की विजेता वज्राचार्य तेश्रो स्थानमा रहे

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ