
काठमाडौं असोज ६गते ।
५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली मंगलबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
असोज ६ देखि १२ गतेसम्म हुने प्रतियोगितामा जुनी राई, रिपु घर्ती, सगेन्द्र सिंह, परिस श्रेष्ठ, रेशम राणा, विप्लव थापा मगर र प्रनेश श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।
टोलीसंगै नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, सचिव एवं एसियाली शारीरिक सुगठन महासंघका प्राविधिक अध्यक्ष दिनेशकुमार राजभण्डारी, प्रशिक्षक रुजेश शाही, टिम व्यवस्थापक राजेशबहादुर श्रेष्ठ, निर्णायक प्रतापकाजी बरिया तथा सहयोगीका रुपमा राजेश्वरी श्रेष्ठ र सागर श्रेष्ठ थाइल्यान्ड प्रस्थान गरेका छन् । अध्यक्ष राजेशबाबु श्रेष्ठ भने थाइल्यान्ड पुगिसकेका छन्।
टोलीलाई सफलताको शुभकामना दिदै काठमाडौं जिल्लाका शारीरिक सुगठनका अध्यक्ष सुरेश सुबेदी तथा संघका पदाधिकारी लगायतले त्रिभुबन अन्तराष्ट्रिय बिमान स्थलमा एक कार्यक्रम बीच बिदाइ गरे ।

