पेसएक्स स्पोट्र्स एकेडेमीको आयोजना भएको ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ । ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सम्पन्न फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा क्रिजल एफसीले तेस्रो स्थान हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा क्रिजल एफसीले नखिपोट एफसीलाई २–१ गोलले पराजित ग¥यो।
उपाधिसँगै पेस एक्स स्पोर्टसले रु. ५५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता स्टुडेन्ट एफसीले रु. २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। यस्तै, तेस्रो स्थानमा रहेको कृजल एफसीले रु. १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको फेयर प्ले टिम याक्थुङ एफसी बन्यो । याक्थुङ एफसी ले नगद रु. ३ हजार १०० सहित ट्रफि प्राप्त गर्यो।
व्यक्तिगत विधातर्फ पेस एक्स स्पोर्टसकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक घोषित भइन्। उनले रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्। कृजल एफसीकी रेनुका हमाल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले पनि रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्।
विजेतालाई ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पेसएक्स स्पोट्र्स एकेडेमीकी संस्थापक तथा अध्यक्ष संगीता कर्णलगायतले पुरस्कृत गरे । प्रतियोगितामा कुल १२ टोली सहभागी थिए ।
